पोखरा, २९ पुस । हल्ट प्राइज एट इन्ष्टिच्यूट अफ फरेस्ट्री अन क्याम्पस प्रतियोगिताका लागि समूह दर्ता प्रक्रिया शुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस र काठमाण्डौं फरेस्ट्री कलेज (क्याफ्कोल)ले संयुक्त रूपमा प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा सहभागी हुनका लागि स्नातक अथवा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीले ३ देखि ४ जनाको समूह बनाएर समूह दर्ता गर्न सक्ने छन् ।
समूह दर्तापछि भर्चुअल र भौतिक माध्यमद्वारा विभिन्न कार्यक्रम गर्दै उनीहरुमा नयाँ उद्यमशील योजनाको विकास गरिने छ । समाज, वातावरण, र अर्थलगायतका क्षेत्रलाई लक्षित गरी योजनालाई मूर्तरुप दिइने बताइएको छ । अहिल्लो वर्ष इन्ष्टिच्यूट अफ फरेस्ट्री हल्ट प्राइजमा २१ समूहले सहभागिता जनाएका थिए।
सन् २०१० मा पहिलो पटक आयोजना गरिएको हल्ट प्राइज प्रतियोगिता दश लाख अमेरिकी डलर पुरस्कार राशी रहेको विद्यार्थीको नोबेल पुरष्कार भनेर चिनिन्छ।
हल्ट फाउण्डेशन, हल्ट इन्टरनेशनल बिजनेस स्कूल र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा वर्षेनी आयोजना गर्ने प्रतियोगिता अन्तर्गत यो वर्ष एक सय २१ देशका दुई हजार बढी विश्वविद्यालयले अन क्याम्पस इभेण्ट आयोजना गर्दै छन्। हालै नव निर्वाचित सीओओ लोरी भ्यान ड्यामसहितको टोली हल्ट प्राइजको मुख्य कार्यकारी समितिको रुपमा रहेको छ।
दीगो विकासका लक्ष्यहरुमा आधारीत रही विश्वका विविध समस्याहरु पहिचान गरि ऊर्जावान विद्यार्थी युवाहरुलाई सामाजिक उद्यमद्वारा समाधान निकाल्न प्रेरित गर्ने र त्यसका लागि अवसर पनि दिने एउटा राम्रो माध्यम बनेको छ हल्ट प्राइज।
२०२२ को चुनौति भने सन् २०२४ सम्ममा कम्तिमा दुई हजार मानिसलाई रोजगारीको अवसर सिर्जना गर्नु रहेको छ । जसअन्तर्गत समाजको लागि आवश्यक र विश्वमा सकारात्मक प्रभाव पार्ने उद्यमहरु पर्दछन्।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं