राँझा, २२ पुस (रासस) । चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार चिसोका कारण सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय भने बन्द गरिएको छैन ।
कठ्याँग्रिदो चिसोमा समेत निजी विद्यालयले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् । पछिल्लो एक सातादेखि बाँकेमा अत्यधिक चिसो बढेको छ ।
त्यसका कारण विद्यालयमा पढ्न आएका बालबालिका बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख यादवको भनाइ छ ।
स्थानीय तहहरुले विद्यालय बन्दका आ–आफ्नै मापदण्ड तय गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका बालविकास र १ देखि कक्षा ५ सम्मको पढाइ तीन दिनका लागि बन्द गरिएको प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं