पोखरा, ६ पुस । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ ।
महाधिवेशन तयारीका लागि लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहने गरी ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
समितिको सह–संयोजकमा लायन्स क्लव अफ पोखरा सेती गण्डकीका पूर्व अध्यक्ष मिलन थापा, लायन्स क्लब अफ हेम्जाका पूर्व अध्यक्ष मोतिराज तिमिल्सिना र लायन्स क्लब अफ पोखरा गण्डकीका पूर्व अध्यक्ष पुजन शाक्य रहनु भएको छ ।
त्यस्तै सदस्य सचिवमा लायन्स क्लव अफ पोखरा लेखनाथ मधुसुदन कोईराला, कोषाध्यक्षमा लायन्स क्लव अफ पोखरा युनाईटेड चौतारीका पूर्व अध्यक्ष राजु श्रेष्ठ हुनुहुन्छ ।
सदस्यहरुमा पोखरा सृजना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल, पोखरा स्टकका संस्थापक अध्यक्ष नारायणहरी भण्डारी र पोखरा फेवा फुलवारीका संस्थापक अध्यक्ष शंकर बहादुर जी हुनुहुन्छ । साथै, सल्लाहकारमा पोखरा गण्डकीका पूर्व अध्यक्ष विमला श्रेष्ठ र पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम स्याङपो रहनु भएको छ ।
महाधिवेशन माघ २९ गते पोखरा नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा हुने आयोजकले जनाएको छ । महाधिवेशन सफल पार्न विभिन्न ४९ वटा उपसमितिहरु बनाइएको छ ।
पर्यटकीय नगरी पोखरामा हुने लायन्सको महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने मूल आयोजक समितिका संयोजक डम्बर सिं गुरुङले जानकारी दिनुभयो ।
देशभरबाट लायन्स सदस्यहरु पोखरा आउने हुँदा महाधिवेशनले पर्यटन क्षेत्रमा प्रत्यक्ष योगदान पु¥याउने छ र पोखरा महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाइने छ ।
हाल नेपालमा कायम रहेका ४ वटा डिष्ट्रिक्टमा सन् २०२२ पछि १५ वटा डिष्ट्रिक्ट हुनेछन् । मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालमा ए वान, ए टु, बि वान र बि टु कायम रहेका थिए । यस दशौं महाधिवेशनबाट डिष्ट्रिक्ट ३२५ बि १ नेपालमा ५ वटा डिष्ट्रिक्ट हुनेछन् । जस्मा डिष्ट्रिक्ट ३२५ आई, जे, के, एल र एम हुने दशौं महाधिवेशनका मूल आयोजक समितिका सदस्य–सचिव मधुसुदन कोईरालाले जानकारी दिनुभयो ।
भर्खरै
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं