चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

arrest generic

दमौली, ११ मङ्सिर (रासस) । चालु आर्थिक वर्ष ०७८÷७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट रु २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ ।

प्रहरीले यसअवधिमा विसं २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि पक्राउ गरेको थियो । फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ ।

प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको चार महिनामा १५४ मुद्दा दर्ता भएकामा ५२ मुद्दा फछ्र्योट भएको र १०२ मुद्दा फछ्र्योट हुन बाँकी छ । प्रहरीले यसअवधिमा विभिन्न मुद्दाका ८९ जनालाई पक्राउ गरेकामा एक जना फरार छ ।

पक्रिएकामध्ये २४ जना पुर्पक्षका लागि थुनामा गएको प्रहरीले जनाएको छ । चार महिनाकै अवधिमा ११ जनालाई लागुऔषधसहित पक्राउ परेका र उनीहरुबाट ११४ थान डाइजेपाम, ११४ थान फेनरागन, ११३ थान नुफिन र १० किलो ८५५ ग्राम गाजा बरामद भएको छ ।

प्रहरीले सोही अवधिमा १५५ रोपनी क्षेत्रफलमा उम्रिएका २२ हजार ३०७ गाजाका बोट नष्ट गरेको जनाएको छ । पाँच वटा जुवा मुद्दामा ६८ जनालाई पक्राउ गरी रु ११ लाख ७५ हजार ९१० नगद बरामद गरेको प्रहरीले कोरोना भाइरस नियन्त्रणका लागि तपाईको मास्क खै अभियानअन्तर्गत ४७ वटा कार्यक्रममार्फत नौ हजार ५३५ लाई मास्क वितरण गरेको थियो ।

अवैध नदीजन्य पदार्थ नियन्त्रणतर्फ चार महिनाको अवधिमा एक डोजर, दुई स्काभेटर, दुई जेसिबी, दश टिपर र ३७ ट्र्याक्टर गरी ५२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर रु चार लाख ७६ हजार ५०० जरिवाना असुल गरिएको पनि बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀