काठमाडौँ, २३ कात्तिक (रासस) । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् ।
औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार औषधि पसलको अनुगमनका क्रममा अधिकांश पसलले अनुमतिबिना नै सञ्चालन गरेको तथा केहीमा म्याद सकिएको औषधि पाइएपछि कारबाही गरिएको हो ।
औषधि बिक्रेता तथा वितरकले पसल तथा फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ ।विभागले लुक्सी भेट फर्मा कोटेश्वरलाई १५ दिन निलम्बन गरेको छ ।
यस्तै, गान्धी मनोहरा कम्युनिटी हेल्थ सेन्टर कागेश्वरी मनोहरालाई, सपनातीर्थ फार्मेसी टोखा र प्राकृतिक बाइपास फार्मेसीलाई १४÷१४ दिन र झोराली फार्मेसी, टोखा इमर्जेन्सी मेडिकल हललाई १०÷१० दिन निलम्बन गरिएको छ ।
यस्तैगरी, नन्दकृष्ण फार्मेसी, मेड स्टार सेन्टर प्रालि, मिली मेडिकल हल एन्ड डाइग्नोष्टिक सेन्टर, निकम मेडिकल हल, मेडिगोल्ड फार्मेसी, एटोर्मा फार्मेसी, विरसना गोर्खाली मेडिकल हल, कालिका फार्मेसी, सार्थक फार्मेसी, सुवेदी फार्मेसी, अनमोल फार्मेसी, सिद्धि फार्मेसी र खरिपाटी फार्मेसी भक्तपुरलाई ७÷७ दिन निलम्बन गरिएको हो ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं