छैन देउसीभैलोको रौनक

छैन देउसीभैलोको रौनक

DhrubasagarSarma_Galeswor_RSS_20gaumadeusibhailo

म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँट गाउँमा देउसीभैलो खेल्दै कलाकार । तस्वीर ः ध्रुवसागर शर्मा÷रासस

म्याग्दी, २० कात्तिक (रासस)। झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ ।

तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन छ । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा आशिष गीत गाउन लगाएको सम्झनामा देउसीभैलो खेल्न थालिएको धार्मिक विश्वास रहँदै आएको छ ।

पछिल्लो दुई वर्षयता म्याग्दीमा तिहारको बेला खेलिने देउसीभैलोको रौनक विगतका वर्षको जस्तो छैन । गत वर्षको तिहारमा कोरोना भाइरस महामारीले देउसीभैलो खेलिएन । यसपालि कोरोना महामारीको त्रास घटे पनि स्थानीय प्रशासनले रोक लगाएपछि देउसीभैलो खेल्नेको सङ्ख्या कम भएको हो ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक १४ गते सूचना नै जारी गरेर मेला जात्रा, देउसीभैलो, खेलकुदजस्ता भीडभाडजन्य क्रियाकलाप गर्न रोक लगाएको थियो ।

बेनी बजारका हरिप्रसाद पौडेलले मेलाजात्रा र खेलकुद कार्यक्रम निर्वाधरूपमा चले पनि तिहारको सांस्कृतिक पक्ष देउसीभैलोलाई मात्र प्रशासनले हस्तक्षेप गरेको गुनासो गर्नुभयो ।“प्रशासनले खुला समाज र सांस्कृतिक उत्सवमाथि नै हस्तक्षेप गरेको छ”, उहाँले भन्नुभयो । बेनी बजारमा एउटा द साइनिङ नृत्य समूहको मात्र देउसीभैलो आयोजना गरियो ।

विगतमा आठदेखि १० वटा समूहले देउसीभैलो खेल्दथे । यसपालि विगतको जस्तो देउसीभैलोको रौनक नहुँदा तिहार खल्लो बनेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताउनुभयो ।

“कोरोना भाइरसको महामारीका कारण गत वर्ष सुनसानजस्तै बनेको तिहारमा यसपालि केही चहलपहल बढे पनि दुई वर्षअघिको जस्तो रौनक छैन”, उहाँले भन्नुभयो, “अर्कातर्फ तिहारमा खेलिने देउसीभैलोमा पश्चिमा संस्कृतिको प्रभाव बढेको छ ।”

चर्को स्वरमा गीत बजाउने र रेकर्ड गरिएको गीतमा नृत्य देखाउने तथा आर्थिक सङ्कलनको मात्र स्रोत बनाइँदा देउसीभैलोको मौलिकता ओझेल परेको श्रेष्ठको गुनासो थियो ।

हिजो आज सामुदायिक विद्यालय सञ्चालन, अक्षयकोष स्थापना, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घसंस्थाको संस्थागत विकासजस्ता उद्देश्य राखेर देउसीभैलो खेल्ने गरिन्छ तर आयोजकहरुले आम्दानी खर्च विवरण सार्वजनिक गरेको पाइँदैन ।

रेकर्ड गरिएका थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य पनि समावेश गरेर आर्थिक स्रोत जुटाउने माध्यम बनाइएको छ । सामाजिक परिवर्तनको प्रभाव देउसीभैलोमा पनि पार्नुलाई स्वाभाविक मानिए पनि देउसीभैलोको खास महत्व र मर्म भने हराउन नदिन सचेत बन्नुपर्ने बेनीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठको भनाइ थियो ।

“आधुनिकताको अनुशरणसँगै मौलिक बाजा र भाकाको संरक्षण गर्न सकेमा कला र संस्कृतिको महत्व जीवन्त रहन्छ”, उहाँले भन्नुभयो, “देउसीभैलोको नाममा जबर्जस्ती पैसा माग्ने, पश्चिमा गीत तथा नृत्य प्रस्तुत गर्ने र सङ्कलित पैसाको दुरुपयोग गर्ने विकृति नियन्त्रणमा सबै पक्षले ध्यान दिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
11 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 10 Nov 2025 19:30 UTC
Latest change: 10 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.92up
Indian Rupee 
Indian Rupee
88.66up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53down
Japanese Yen 
Japanese Yen
154.18up
US Dollar 
US Dollar
1
11 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 10 Nov 2025 19:30 UTC
Latest change: 10 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀