रात्रीकालीन समयमा हेलिकप्टर अवतरण गर्नका लागि नेपाली सेनाको चन्दननाथ गणले भेरी नगरपालिका ४ मा ७नतसमदानसहित रु नौ लाखमा निर्माण गरेको हेलिप्याड । जिल्लामा हुने विभिन्न प्रकृतिक प्रकोप र विपतमा परेकालाई छिटो उद्धार गर्न सहजका लागि पनि सेनाद्धारा हेलिप्याड निर्माण गरिएको हो । तस्बिरः हेमन्त केसी÷रासस
जाजरकोट, ९ कात्तिक (रासस) । तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ ।
नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित रु नौ लाखको लागतमा राति पनि सजिलै हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले बताउनुभयो ।
भेरी नगरपालिकाको सहकार्यमा उक्त हेलिप्याड निर्माण गरिएको उहाँको भनाइ थियो । पटकपटक बाढीपहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका जाजरकोटवासीले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएका थिए ।
हेलिप्याड निर्माणसँगै अब जिल्लाभित्रबाट उद्धार तथा राहतका कामहरु रात्रिकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ ।
हेलिप्याडको अभावमा वर्षौंदेखि रुकुम पश्चिमको चौरजहारी विमानस्थलनै प्रयोग गर्नुपर्दा बिरामीको अवस्था झन जटिल हुनाका साथै लामो दूरी पार गर्नुपरेकाले राहतको काममा समेत ढिला हुँदै आएकोे थियो । सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले उक्त हेलिप्याड गणभित्र निर्माण गरिएको हो ।
श्री नं ४ वाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उक्त हेलिप्याड उद्घाटन गर्नुभएको थियो विभिन्न दुर्घटनादेखि विपत्ति एवं महामारीका बेलामा रातको समयमा समेत आपत्कालीन अवस्थाका र सिकिस्त बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी ज्यान बचाउन एवं विपत्को समयमा पीडितहरुको उद्धार एवं उनीहरुलाई राहत वितरण कार्यमा उक्त हेलिप्याडले सहयोग पु¥याउने प्रमुख सेनानी गोतामेले बताउनुभयो ।
अघिल्लो वर्ष बारेकोट गाउँपालिका–४ सार्कीटोलमा बाढीपहिराबाट भएको मानवीय क्षतिको बेला नेपाली सेना नै पहिले घटनास्थलमा पुगेको थियो । –––

भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं