पोखरा, ५ कात्तिक । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी नपाएसम्म मुख्यमन्त्रीलाई सघाउने बताउनु भएको छ ।
मन्त्री नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा उहाँले आफू पार्टीको इमान्दार कार्यकर्ता भएकोले मुख्य मन्त्रीलाई सघाउनुनै आफ्नो दायित्व रहेको प्रष्ट्याउनुभयो ।
विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले असोज २५ गते मन्त्री नियुक्त गर्नुभएको थियो । तर उहाँलाई अहिले कुनै मन्त्रालयको जिम्मा दिइएको छैन ।यसअघि मन्त्रीमण्डल विस्तार गर्दा अन्तिम अवस्थामा आएर विश्वकर्माको नाम हटाइएको थियो ।
‘म पार्टीको इमान्दार कार्यकर्ता हो, त्यति बेला मेरो नाम हटाउदा पनि कुनै गुनासो गरेको थिइन्’ उहाँले भन्नुभयो, ‘चारैतिरबाट मेरो विषयमा आवज उठेपछि पार्टीले अनुभूति गरेर नै अहिले मन्त्री बनायो ।’
गण्डकी प्रदेशमा नयाँ सरकार बन्ने चर्चा चलेसँगै मलाई मन्त्री बनाउनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा राख्नुभएको प्रंसग कोट्याउदै उहाँले अहिले पनि वरिष्ठ नेता पौडेलकै विशेष पहलमा मन्त्री भएको बताउनुभयो ।
‘मेरो विषयमा वरिष्ठ नेता पौडेलले पार्टी सभापति र शीर्ष नेताहरुसँग छलफल चलाउनुभयो सबैको सहमतिमा नै मन्त्री बन्ने अवसर प्राप्त गरे’ उहाँले भन्नुभयो, ‘मन्त्रालय यो त्यो भनेर मैले भनेको छैन, पार्टीले जुन ठाउँमा व्यवस्थापन गर्छ त्यहि मन्त्रलाय सम्हालेर काम गर्नेछु ।’
समावेशी समानुपातिकको आधारमा आफू मन्त्री भएको उल्लेख गर्दै उहाँले आफ्ना विषयमा आवाज उठाउने सबै प्रति आभार व्यक्त गर्नुभयो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं