मुख्यमन्त्री पोखरेल मन्त्रालयको अनुगमनमा

मुख्यमन्त्री पोखरेल मन्त्रालयको अनुगमनमा

cm@tourism ministry

पोखरा, ४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गर्नुभएको छ ।

पोखरेल नेतृत्वमा सरकार गठन भएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गर्नुभएको हो ।

प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे जानकारी लिँदै उहाँले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमन गर्नुभएको छ ।

४ वटै मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री पोखरेलले राजनीतिक परिवर्तनसँगै नयाँ बनेको सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा रहेको बताउनुभयो।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पहिलो चौमासिकमा सम्पादन गर्नुपर्ने अधिकांश काम भइसकेको भन्दै तीब्रगतिमा मन्त्रालय कार्य गरिरहेको बताउनुभयो ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अनुगमनपछि मुख्यमन्त्री पोखरेलले छोटो समयमा मन्त्रालय महत्वपूर्ण काम सम्पादन गरेको भन्दै प्रशंसा गर्नुभयो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टिमलाई पोखरामा स्वागत, नेपालस्थित राजदूत र कुटनीति नियोगका प्रमुखका साथै दातृ निकायका प्रमुखलाई पर्यटन दिवसको अवसर पारेर पोखरा भ्रमण गराएपछि पर्यटन क्षेत्रमा निकै राम्रो सन्देश प्रवाह भएको उहाँको भनाइ छ ।

मन्त्री मणिभद्र शर्माले साँघुरो भवनमा कार्यालय सञ्चालन गर्दा असहज भएको भन्दै यसका बाबजुद मन्त्रालयले महत्वपूर्ण कार्य सम्पादन गरेको बताउनुभयो । मन्त्रालयले थालेका प्रदेश गौरवका योजना अगाडि बढाउन कतिपय अवस्थामा कानुनी जटिलता भएकाले त्यसको गाँठो फुकाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले सारै कम जनशक्तिले धेरैथरी सेवा प्रवाह गर्दा थुप्रै चुनौती सामना गर्नु परेको गुनासो गर्नुभयो ।

वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापाले वनलाई रोजगारी र आम्दानीसँग जोड्नुपर्ने भनाइ राख्नुभयो।

अनुगमनमा सहभागी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेशको बजेटको अंक ३० अर्ब देखिए पनि वास्तविक बजेट साढे २४ अर्बको रहेको बताउनुभयो ।

अनुगमनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्य, मुख्यमन्त्रीका निजी र स्वकीय सचिव विष्णु भुसाल र रञ्जना पोखरेल लगायत सहभागी हुनुहुन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
29 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.67
Indian Rupee 
Indian Rupee
86.63
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
148.47
US Dollar 
US Dollar
1
29 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀