महानगरद्वारा खसी बजार अनुगमन

महानगरद्वारा खसी बजार अनुगमन

pokhara-metropolitan-city

कास्की, २५ असोज (रासस) । पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ ।

बजारमा दसैँको किनमेल गर्नेको भीड बढेको र उपभोक्ता चर्को मूल्य तिर्न बाध्य बनेका गुनासासँगै अनुगमन सुरु गरिएको महानगरले जनाएको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार चाउथेस्थित खसी बजारको अनुगमन गरिएको थियो । पोखरा र यस क्षेत्रलाई केन्द्रित गरी सो बजारबाट मुख्य गरी खसी, बोका बिक्री हुँदै आएको छ ।

व्यवसायीले दाङ, सुर्खेत, कैलाली, प्युठान, अर्घाखाँचीलगायतका जिल्लाबाट बजारमा खसी÷बोका आपूर्ति गर्दै आएका छन् । चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मूल्यवृद्धि गर्ने गरेको गुनासो आउने गरेका कारण अनुगमन गरेको महानगर उपप्रमुख गुरुङले भन्नुभयो, “चाडपर्वमा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले पोखरामा बजार अनुगमनलाई निरन्तरता र तीव्र बनाउनेछाँै ।”

महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले दसैँमा मासुजन्य पदार्थमा उपभोक्ता बढी ठगिन सक्ने भएकाले स्थलगत अनुगमन गरिएको बताउनुभयो । यस वर्ष खसी बोका र च्याङ्ग्राको मूल्य विगत भन्दा धेरै वृद्धि भएको गुनासो उपभोक्ताको छ ।

दसैँको समयमा बढी खसी, बोका तथा च्याङ्ग्रा बिक्री हुने स्थलमा नियमित अनुगमन गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हेमजा, बगर र चाउथेलगायत स्थानमा दसैँभर अनुगमन गरिनेछ ।

अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्तालाई बढी मूल्य नलिन र बिरामी खसी बोकालाई छुट्टै राख्ने व्यवस्था गर्न सुझाव दिएको अधिकारीले जानकारी दिनुभयो ।

चाउथेमा सञ्चालित सुनिल फ्रेस हाउस बिना दर्ता सञ्चालन भएको पाइएपछि बन्द गराइएको छ । महानगरमा दर्ता नगरी सञ्चालन गरिएको पाइएकाले दर्ता गरेर मात्रै सञ्चालन गर्न निर्देशनसहित पसल बन्द गराइएको महानगरले जनाएको छ ।

चाडपर्वमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने, बढी मूल्य लिने र बिना इजाजत पसल सञ्चालन गर्ने गरेको गुनासो आउने गरेको बताइन्छ । गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले समेत खसी तथा च्याङ्ग्रा बजारको अनुगमन सुरु गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
09 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Dec 2025 18:30 UTC
Latest change: 08 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.12up
Indian Rupee 
Indian Rupee
90.03up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.47up
US Dollar 
US Dollar
1
09 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Dec 2025 18:30 UTC
Latest change: 08 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀