पोखरा, १७ असोज । पोखरा १३ भद्रकाली चोकस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको प्रेस संयोजकमा पत्रकार शोभाकान्त सिग्देल चयन हुनुभएको छ ।
सहकारीको २३ औं साधारण सभाले उहाँलाई प्रेस संयोजकमा चयन गरेको हो । पत्रकार सिग्देल लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर र भद्रकाली माविमा पत्रकारिता प्राध्यापनरत हुनुहुन्छ । पत्रकारितामा स्नातकोत्तर सिग्देल पोखरापत्र दैनिकको कार्यकारी सम्पादक पनि हुनुहुन्छ ।
साधारण सभामा सहकारीका मानार्थ सरक्षक तथा निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले समय समयमा सामाजिक कार्यसँगै सदस्यहरुलाई अनुभूति हुने क्रियाकलापले संस्थाप्रति सबैको मायाममता रहेको बताउनुभयो ।
साधारण सभाले सचिव शान्तकुमार श्रेष्ठले प्रस्तुत गरेको सचिवको प्रतिवेदन, कोषाध्यक्ष जयप्रसाद सापकोटा अनुरोधमा उपाध्यक्ष माधवप्रसाद सिग्देलबाट प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देलको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षमा माधव प्रसाद सिग्देल, सचिव शान्तकुमार श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्र प्रसाद सिग्देल, सल्लाहकारद्वय नारायण प्रसाद पराजुली, श्यामकुमार शर्मा, सदस्य शारदा पराजुली, शिक्षा उपसमितिका सदस्य गोविन्द प्रसाद सिग्देल, शेयर सदस्य अर्जुन सिग्देल र महाप्रबन्धक अपिल कोइरालाले बोल्नुभएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं