धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार – मुख्यमन्त्री पोखरेल

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार – मुख्यमन्त्री पोखरेल

cm krishna chandra nepali pokhrel

पोखरा, १६ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताउनु भएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री पोखरेलले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

प्रदेशभर रहेका धार्मिक पिठका प्रमुखहरुलाई एक ठाउँमा भेला गराएर संयुक्त अवधारणा बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोड्न सके आर्थिक क्रियाकलाप समेत बढ्ने उल्लेख गर्नुभयो ।

धर्मलाई सामाजिक क्षेत्र, शिक्षा र विकासका गतिविधिसँग जोड्न सकिन्छ भन्ने उदाहरण विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रस्तुत गरेको भन्दै प्रदेशका अन्य पिठहरुले समेत यसको अनुकरण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले सिर्जनशीलताकै कारण मानव जीवन सार्थक हुने भन्दै कला, साहित्य, संस्कृतिको क्षेत्रमा लागेका व्यक्ति कहिल्यै पूर्व नहुने बताउनुभयो ।

धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले लामो आरोहअवरोह पार गरेर समिति अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो ।

समिति सचिव तीर्थ श्रेष्ठले लकडाउनको सदुपयोग गर्दै विन्ध्यवासिनी माताको मूर्ति जिर्णोद्धार गरिएको बताउनुभयो ।

समितिका पूर्व अध्यक्ष हेमबहादुर प्रधानले स्थापना गरेको हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार यो वर्ष वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले प्राप्त गर्नुभएको हो । यो पुरस्कार हरेक २ वर्षमा प्रदान गरिन्छ ।

२०७६ को यो पुरस्कार महिला सशक्तीकरणकामा सक्रिय दुर्गा घिमिरेलाई प्रदान गर्न निर्णय भए पनि उहाँ उपस्थित हुन सक्नु भएन। समिति सचिव तीर्थ श्रेष्ठले घिमिरेको घरमै पुगेर पुरस्कार अर्पण गरिने जानकारी दिनुभयो । पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

उक्त अवसरमा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्त रोहितराज बास्तोलाई बधाई अर्पण समेत गरिएको थियो । बास्तोला समितिका कानुनी सल्लाहकार हुनुहुन्छ।

१९९८ असारमा धनकुटामा जन्मिएका दिवस सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षको अध्ययनसँगै साहित्यतर्फ मोडिनु भएको हो । उहाँ संस्कृतिको अनुसन्धानमा पनि अनवरत क्रियाशील हुनुहुन्छ।

लामो समय प्राध्यापनमा बिताउनु भएका दिवसले विभिन्न जातजाति र संस्कृतिको अनुसन्धान गर्नुभएको छ । दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोकसंस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवस की कविताएँ जस्ता कृतिहरु प्रकाशित छन् ।

दुर्गा घिमिरे ४ दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । घिमिरेले महिला बेचबिखन तथा सशक्तीकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको छ ।

२००५ साल वैशाख ३ गते सुनसरीको धरानमा जन्मनु भएकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गर्नुभएको छ । २०३३ सालदेखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उनी क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
17 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 16 Sep 2025 19:05 UTC
Latest change: 16 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.89down
Indian Rupee 
Indian Rupee
88.01down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.73
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
147.07down
US Dollar 
US Dollar
1
17 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 16 Sep 2025 19:05 UTC
Latest change: 16 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀