सल्यान, १५ असोज (रासस) । आज बिहान जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु भएको र अन्य तीन सख्त घाइते भएका छन् ।
जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु२च ५७०१ नंको डबल क्याप जिपले शारदा नगरपालिका–६ बाङ्गे सल्लाको नजिकै सडक छेउमा बसिरहेका पाँच छात्रालाई ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीया सुनिता नेपालीलाई उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा दाङ जिल्लाको राम्रीमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते रेखा र सुनितालाई छाती तथा मुखमा गहिरो चोट लागेको र उनीहरुको अवस्था जटिल भएकाले प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते शारदा नगरपालिका–६ बरालाका १८ वर्षीया मीना परियार, १६ वर्षीया सुशिला नेपाली र १८ वर्षीया दीपा बुढाथोकीलाई पनि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
शिवजन माविमा कक्षा १२ मा अध्ययनरत छात्राहरु सडकको छेउमा बसिरहेको बेला तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिनुभयो । जिपमा सवार चारजना भने सकुशल थिए ।
जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि फरार जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वलीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं