रोल्पा, १४ असोज (रासस) । जिल्लाका केही विद्यालय सुचारु भएको केही दिनभित्रै पुनः बन्द भएका छन् ।
जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन भएको केही दिनमै विद्यार्थी शिक्षकमा भारल ज्वरो आएपछि विद्यालय बन्द भएको हो ।
सुनछहरी–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरो बढेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर पुनले जानकारीदिनुभयो । विद्यालयमा अध्ययनरत ६० प्रतिशत भन्दा बढी विद्यार्थी र शिक्षक एक्कासि बिरामी परेपछि विद्यालय बन्द गर्नुपरेको उहाँले बताउनुभयो ।
विद्यार्थी तथा शिक्षकमा ज्वरो आउने, हुने, घाँटी दुख्ने, टाउको तथा शरीर दुख्ने ,बान्ता हुने, खोकी लाग्ने र कमजोरी महसुस हुने लगायतका लक्षण देखिएको बताइएको छ ।
शिक्षक जसवीर पुन भाइरल ज्वरोका विरामी बढेपछिे विद्यालय बन्द गरिएको जानकारीदिनुभयो । स्वास्थ्य चौकी फगामका प्रमुख रञ्जीतकुमार यादवले भाइरल ज्वरो सरुवा र मौसमी भएकाले यसबाट सुरक्षित रहन सबैलाई अनुरोध गर्नुभएको छ ।
मन तातोपानी खान, बासी तथा चिसो पदार्थ सेवन नगर्न, चिसोबाट बच्न, अदुवा, बेसार, टिमुर र नून पानीखाने तथा तातोपानीको बाफ लिने जस्ता घरायसी उपचार गर्न उहाँले सुझाव दिनुभयो ।
लकडाउनका समयमा सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणको लागि अनलाइन कक्षा सञ्चालन गर्न सकिने निर्देशन गरे पनि सरकारी विद्यालयको आवश्यक पूर्वाधार , भौगोलिक विकटता तथा निम्न वर्गिय पृष्ठभूमि भएकाले अनलाइन कक्षाको पहुँचमा रहन नसकेको स्थानीयवासी चित्रवियोग झाँक्री मगरले बताउनुभयो ।
अहिले शैक्षिक सत्र सुरु भएको झण्डै ५÷६ महिनापछि मात्र विद्यालय सञ्चालन भएकोमा फेरि बन्द गर्ने बाध्यता सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिमलाल पुनले जानकारीदिनुभयोे । वातावरण सहज भएपछि विद्यार्थीको शैक्षिकस्तरलाई उकास्न प्रयत्न गर्ने उहाँको भनाइ छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं