सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

faa

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेतमा रञ्जिला कृषि तथा पशुपंक्षी फर्ममा पालिएका कालिज घाम ताप्दै । तस्वीर ः धु्रबसागर शर्मा, रासस

गलेश्वर, १३ असोज (रासस) । भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गर्नुभएको छ ।

१७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाउनुभएका उहाँले गाउँ फर्किएर कालिजपालन सुरु गर्नुभएको हो । उहाँले सुरु गर्नुभएको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ ।

रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गर्नुभएको घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गर्नुभएको छैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बन्नुभएको छ ।

रु २१ लाखको लगानीबाट कालिजपालन सुरु गर्नुभएका घिमिरेको फर्ममा अहिले ६०० कालिज हुर्कदै छन् । यस अवधिमा उहाँले ११० वटा कालिज बिक्री गर्नुभएको छ । लामो अध्ययनपछि उहाँले फाँपरखेतमा कालिज पाल्ने सोच बनाउनुभएको हो ।

“भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ३९ वर्षीय फरासिला घिमिरेले भन्नुभयो, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।”

घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाउनुभएको छ । त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् ।

अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताउनुभयो । कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

कालिजका लागि उहाँले रैथाने आहारा (मकै, गहुँ,कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गर्नुभएको छ । त्यसका साथै हरियो भूइँ तथा डालेघाँसबाट पनि उहाँले कालिजलाई दानाको व्यवस्थापन गरेको बताउनुभयो ।

उहाँको फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारी समेत पाएका छन् । निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उहाँको योजना छ ।

पाँच महिनामा दुई किलो भन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उहाँले जानकारी दिनुभयो । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ । पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उहाँको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀