राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष स्थापना

राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष स्थापना

242888490_386607629614409_7627706679836927224_n

पोखरा, ९ असोज । शिक्षासेवी, कवि एवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्यायद्धारा सिर्जना गरिएका कविताको संग्रह लक्ष्मीशरणका कवितााहरु लोकर्पण गरिएको छ ।

हेमजा साहित्य प्रतिष्ठान नेपालले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले लोकार्पण गर्नुभएको हो ।

कविता संग्रह लोकर्पणसँगै लक्ष्मीशरण उपाध्यायका परिवारले बुवा आमाको नाममा राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष समेत घोषणा गर्नुभएको छ ।

उपाध्यायको ८५ औ जन्मदिनको अवसर पारेर परिवारले दुई लाख एक हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेको हो । उक्त अक्षयकोषको सञ्चालन हेमजा साहित्य प्रतिष्ठानले गर्ने छ ।

अक्षयकोषको व्याजबाट साहित्य क्षेत्रमा कलम चलाउने व्यक्तिलाई पुरस्कृत गरिने उपाध्यायका जेष्ठ सुपुत्र केशवशरण पौडेलले जानकारी दिनुभयो ।

‘हाम्रो परिवारबाट बुवाआमाको सम्झनामा यो अक्षयकोष स्थापना गरेका हौं’ पौडेलले भन्नुभयो–‘ यो शुरुवात हो हामी अक्षयकोषलाई बढाउँदै लैजाने छौं ।’

छिट्टै नै अक्षयकोषको कार्यविधि बनाएर सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष शंकरमणि त्रिपाठी छन्दमणिले जानकारी दिनुभयो । उक्त अक्षयकोषमा भाषाविद् मुकुन्द शरण उपाध्यायले २५ हजार रुपैया हस्तान्तरण गर्नुभएको छ ।

उक्त अवसरमा प्रतिष्ठानका संस्थापक सचिव तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायलाई सम्मान गरिएको थियो । प्रतिष्ठानमा खेलेको भूमिका र नेपाल सरकारद्धारा प्रदान गर्न लागिएको जनसेवाश्री मान पदवीबाट विभूषित हुन लाग्नुभएकोमा उपाध्यायलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले साहित्यमा तिख्खरता, नवीनता र जिवन्तताको खाँचो रहेको बताउनुभयो ।
‘पछिल्लो समय साहित्य जुन ढंगले अगाडि बढ्नु पर्ने हो त्यो देखिएको छैन’ उहाँले भन्नुभयो,–‘समाजलाई सहिदिशा बोध गर्न पनि साहित्यमा तिख्खरता, नवीनता र जिवन्तताको खाँचो छ।’

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विर्खचीले उपाध्यायका विचारलाई बाहिर ल्याउने कामको शुरुवात भएको बताउदै यस क्षेत्रको भाषा, साहित्य, कला, संस्कृतिको उत्थानको लागि सधै हातेमाले गर्ने बताउँनुभयो ।

हेमजा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष शंकरमणि त्रिपाठी छन्दमणिको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठी, संस्थापक सचिव कोविदशरण उपाध्याय, छन्दनायक माधव वियोगी, प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेल, डा. जगन्नाथ रेग्मी, गौरी शंकर माविका सह प्राचार्य मानबहादुर कार्की, भूवनेश्वर पौडेल, प्रतिष्ठानका सहसचिव शिव त्रिपाठी, पौडेल विमुन्स, सचिब सुनिल गायकले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀