वालिङ, ३० भदौ (रासस) । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो भएको छ ।
गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७७÷७८ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको गृह मन्त्रालयबाट मूल्याङ्कन हुँदा स्याङ्जा गण्डकीमा प्रथम र देशैभरमा चौंथो भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
“प्रत्येक आर्थिक वर्षको सुरुआतमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच कार्यसम्पादन सम्झौता हुन्छ”, प्रजिअ नेपालले भन्नुभयो,“मन्त्रालय र प्रशासन कार्यालयबीच विभिन्न छ वटा सूचक तथा उपसूचकको कार्यान्वयनलाई मूल्याङ्कनको आधार बनाउने गरिन्छ ।”
सम्झौता भएका सूचक तथा उपसूचकलाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वर्षभरिको कार्ययोजना बनाएर कार्यान्वयन गरेसँगै सफलता मिलेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले बताउनुभयो ।
गृह मन्त्रालयले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सेवा प्रवाह, लेखा व्यवस्थापनलगायतका विभिन्न छ वटा सूचक र उपसूचकहरुको अङ्कभारका आधारका मूल्याङ्कन गर्दै आएको छ । चालू आवका लागि पनि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय स्याङ्जाबीच कार्यसम्पादन सम्झौता भइसकेको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं