रुपन्देही, २९ भदौ (रासस) ।रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधित क्षेत्र घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।
अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत् रहने छ । निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका–१७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन ९ बुटवल उपमहानगरपालिका–१७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ती बुटवल उपमहानगरपालिका–१७ र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जग्गा (धन्दापुर सौरहियासम्म) तोकिएको छ ।
निषेधित क्षेत्रभित्र निषेध गरिएका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं