पोखरा, १९ भदौ । वरिष्ठ संस्कृतिकर्मी स्वर्गीय लोकबहादुर गुरुङको सातांै स्मृति दिवसको अवसरमा सञ्चारकर्मी एवं लोकगायिक शान्ति गुरुङ सम्मानित हुनुभएको छ।
पोखरामा शनिवार लोकबहादुर स्मृति प्रतिष्ठानद्धारा आयोजित स्मृति दिवसमा रेडियो नेपाल प्रादेशिक प्रसारणकी उपप्रमुख एवं वरिष्ठ सम्पादक, तमु सञ्चारकर्मी संघ कास्कीकी अध्यक्ष, वरिष्ठ लोक गायिका गुरुङलाई ३५ हजार नगदसहित सम्मानपत्र र दोसल्ला प्रदान गरिएको छ ।
उहाँलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङ, प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ श्याम, स्वर्गीय लोकबहादुर गुरुङ धर्मपत्नी सीता गुरुङले सम्मान गर्नुभएको हो।
सम्मान ग्रहण पछि सम्मानित शान्ति गुरुङले कलाकारिता र पत्रकारिताका लागि सधै प्रोत्साहन गरिरहनु भएका आदर्श व्यक्तित्वको स्मृतिमा सम्मानित हुन पाउँदा अत्यन्त भावुक भएको बताउनुभयो ।
प्रमुख अतिथि प्रदेश सभा सदस्य मीना गुरुङले स्वर्गीय गुरुङलाई स्मरण गर्दै आफूलाई सधै मार्गनिर्देशन गरिरहने व्यक्तित्वको अभाव खड्किएको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ श्यामको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व शान्तिको गुरुङको बारेमा गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङले चर्चा गर्नुभएको थियो भने प्रतिष्ठानकी सचिव रोशनी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं