डोटी, १३ भदौ (रासस) । जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् ।
थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा रातिका समयमा स्याल, बँदेल र दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका हुन् ।
यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, आर्शद, सायल, मौवा, कपल्लेकी, मुडभारा, फन्नी, मजलकटिया, तलिगाउँ, दल्ल, धामीगाउँलगायतका क्षेत्रमा जनावरले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।
बाँदर धपाए पनि राति आउने स्याल, बँदेल र दुम्सीले गर्दा किसानले राति जाग्राम बस्नुपरेको केआइसिंह–५ तलिगाउँका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “दिँउसो सबै मिलेर बाँदर त धपाउने गरेका छौँ, राति आउने जङ्गली जनावरले बाली खाएर निकै दुःख दिएको छ, हामी त निकै हैरानी भइसक्यौँ ।”
यहाँका खप्तड राष्ट्रिय निकुञ्ज तथा महाभारतको लेक भनेर चिनिने तेलेलेकबाट आउने बँदेलको झुण्डले अन्नबालीमा सबैभन्दा बढी नोक्सान गर्ने गरेको जोरायल गाउँपालिका–५ का भरत सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राति बँदेल हुलकाहुल बनाएर आउँछन्, धपाउँदा पनि भाग्दैनन, सबै बाली खाएर नोक्सान गर्ने गरेका छन् ।” डिभिजन वन कार्यालयले जङ्गली जनावरले मान्छेलाई हानी–नोक्सानी तथा ज्यान लिएमा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बालीनाली नोक्सानी गरेमा क्षतिपूर्ति दिने व्यवस्था नभएको जनाएको छ ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं