सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका७बmउस कटटी टोलस्थित सङगीता कृषि फर्ममा बिजुलीको तार सर्ट भई लागेको आगो । बाटो नहुँदा आगो नियन्त्रण गर्न बारुणयन्त्र घटनास्थल पुग्न सकेको छैन । तस्विर ः नानीमैया कटवाल÷रासस
सप्तरी, १२ भदौ (रासस) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आज कुखुरा फार्ममा आगलागी हुँदा ६ सय ३० कुखुरा जलेर मरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका–७ कट्टी टोलस्थित सङ्गीता कृषि फार्ममा बिजुलीको तार सर्ट भई सल्किएको आगोले ६ सय ३० कुखुराको चल्ला मरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुखुराको फार्मसहित ६ सय ३० कुखुराको चल्ला, २० बोरा दाना, पङ्खाहरु जलेर नष्ट हुँदा करिब रु ६ लाख मूल्य बराबरको क्षति भएको बताउनुभयो ।
वारुणयन्त्र जाने बाटो नहुँदा आगो निभाउन वारुणयन्त्र पुग्न नसकेको कृषि फार्मका सञ्चालक चन्द्रभूषणकुमार सिंहले (राजन) जानकारी दिनुभयो । प्रहरीको सहयोगमा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको थियो ।

भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं