पोखरा, १२ भदौ । पोखरा महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माध्यमिक विद्यालयमा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।
स्व.बोधराज बराल स्मृति जेहेनदार छात्रबृत्ति कोष अन्तर्गत २०७६ सालको एसइईमा प्रथम कुशल अधिकारी, द्वितीय आशिका देवकोटा तथा २०७७ को एसइईमा प्रथम संगीता बराल र द्वितीय विनिता भुजेललाई जनही २५÷२५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो ।
विद्यार्थीलाई पुरस्कृत गर्दै पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले शैक्षिक गुणस्तरीयता अहिलेको आवश्यकता भएको बताउँदै गुणस्तरीयतालाई ध्यान दिन आग्रह गर्नुभयो । वडा क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तरीयता अभिबृद्धिलाई आँफूहरूले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज बरालले यस क्षेत्रको शैक्षिक उन्नयनमा विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै विद्यार्थी, शिक्षक, र अभिभावकको संयुक्त प्रयासमा विद्यालयलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय निरिक्षक बद्री सुवेदीले विद्यार्थीको सिकाईमा उत्प्रेरणाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीलाई गरिने सम्मान तथा पुरस्कारले उनीहरूलाई उत्प्रेरित गर्ने धारणा राख्नुभयो । सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी सङ्ख्या चुनौतीका रुपमा रहेको बताउँदै उहाँले सामुदायिक विद्यालयलाई विद्यार्थी तथा अभिभावकले विश्वास गर्ने किसिमको वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
स्व.बोधराज बराल स्मृति जेहेन्दार छात्रबृत्ति कोषका संस्थापक डा.दीपक बरालले जेहेन्दार विद्यार्थीलाई लक्षित गरी अक्षय कोष स्थापना गरिएको बताउँदै आगामी दिनमा उक्त कोषलाई अझै बढाएर लैजान सक्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिबृद्धिका लागि निरन्तर प्रयास राखिएको बताउँदै यसका लागि विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं