पर्सा, ३२ साउन (रासस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा आज छापा मारेको छ ।
अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौँको आर्थिक अनियमितता भएको उजुरी परेपछि छापा मारेको आयोगको हेटौंडास्थित कार्यालयले जनाएको छ ।
अस्पतालद्वारा सञ्चालित फार्मेसीमा रु ७० देखि ८० लाख मूल्य बराबरको म्याद गुज्रिएका विभिन्न औषधि खरिद गरी आर्थिक अनियमिता गरेको उजुरी आयोगमा परेपछि त्यसको छानबिनका लागि छापा मारेको कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिनुभयो ।
उहाँले प्राप्त सूचनाका आधारमा अस्पताल फार्मेसीको गोदाममा जाँच गर्दा भारी परिमाणमा म्याद गुजरीएको विभिन्न औषधि बरामद भएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
सो फार्मेसीका लागि भएका औषधि खरिद तथा स्वास्थ्य बीमाका बिरामीलाई वितरण गर्ने औषधिमा अनियमिता भएको बारे आफूहरु अनुसन्धान गरिरहेको सूचना अधिकारी सापकोटाको भनाइ छ ।
उहाँले फार्मेसीसँग सम्बन्धित अस्पतालको लेखा शाखा तथा स्टोरमा रहेका कागजातलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि हेटौंडा लैजाने तयारी गरेको पनि बताउनुभयो ।
यसअघि सन् २०१९ मा आयोगले सो फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा म्याद समाप्त भएका औषधि बरामद भएको थियो ।
नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा वीरेन्द्रबहादुर प्रधानले फर्मेसीको गोदाममा म्याद समाप्त भएको औषधिबारे फार्मेसी इञ्चार्ज हरेन्द्र यादवले आफूलाई कुनै जानकारी नदिएको बताउनुभयो ।
फर्मेसीसँग औषधि खरिद गर्न रकम नभएको गुनासो आएपछि एक महिना अगाडि मात्र अस्पतालले रु १० लाख उपलब्ध गराएको उहाँको भनाइ छ ।
नेपाल सरकारले प्रदान गरेको रु २० लाख बीउ पूँजीबाट नारायणी अस्पतालमा विसं २०७४ मा फार्मेसी स्थापना भएको थियो । सो फार्मेसीबाट बिरामीलाई आवश्यक पर्ने औषधि नपाएको निरन्तर गुनासो उठ्दै आएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं