पोखरा, ३२ साउन । पोखरा उद्योग वाणिज्य संघले कार्यसमितिका सदस्य बलराम तिमिल्सिनाको निधनमा शोक व्यक्त गरेको छ ।
तिमिल्सिनाको १३ औं दिनको पुण्यतिथिमा सोमबार आयोजित कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले स्वर्गीय बलरामप्रति श्रद्धाञ्जली व्यक्त गरिएको संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिनुभयो ।
पोखरा–१२, उपकार मार्गमा २०२९ साल साउन १३ गते जन्मनु भएका तिमिल्सिनाको कोभिड संक्रमणबाट मुक्त भएपनि पछिल्लो उपचारको क्रममा साउन २० गते निधन भएको थियो । उहाँ पोउवा संघमा बस्तुगत सदस्यको रुपमा प्रतिनिधित्व गर्नुहुन्थो ।
श्रद्धाञ्जली सभामा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले हरेक दिन अशुभ समाचार सुन्नुपर्ने त्रासका बीच बाँच्नुपरेको बताउनुभयो ।
उहाँको जीवनीबारे चर्चा गर्दै संंघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले एक असल व्यवसायी र संघका कर्मठ सिपाही गुमाउँदा असह्य पीडा भएको बताउनुभयो ।
पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष नरेन्द्रप्रसाद आचार्यले असल व्यक्तिको निधनबाट समाजमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभयो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं