पोखरा, ३१ साउन । पोखरा महानगरपालिका वडा नं. २५ हेमजाको चौरासी नहर र अन्नपूर्ण नहरको शाखा नहर मर्मतका लागि गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।
हेमजाको एक टोली आइतबार मन्त्रालय पुगेर चौरासी नहरको स्तरोन्नति, खानेपानीको पाइप व्यवस्थापन तथा अन्नपूर्ण नहरका शाखा नहरको मर्मत संभार तथा व्यवस्थापन गर्न गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री आचार्यले त्यस ठाँउमा प्राविधिक सहित निरीक्षण गरी मर्मत संभारमा पहलले गर्ने प्रतिवद्धता जनाउनुभयो ।
‘तपाईहरुका कुरा मैले सुने, अब प्राविधिक सहित म आफै निरीक्षणमा आउँने छु’ मन्त्री आचार्यले भन्नुभयो,‘ फिल्डमा हेरिसकेपछि के कति खर्च आउँछ त्यसपछि मर्मत संभारका लागि पहल गरौला।’
टोलीमा नेपाली काँग्रेसका महासमिति सदस्य तथा तत्कालिन हेमजा गाविसका पूर्व गाविस अध्यक्ष रामचन्द्र त्रिपाठी, नेपाली काँग्रेस पोखरा–२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, सहसभापति दानबहादुर थापा, सचिव दानबहादुर भुजेल, विपत् व्यवस्थापन समितिका संयोजक नारायणबहादुर कुँवर, चौरासी नहर उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र बहादुर सापकोटा (गणेश), उपाध्यक्ष दयाराम बास्तोला, पूर्व सचिव भिमप्रसाद श्रेष्ठ, हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघ (अन्नपूर्ण नहर) अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाको टोलीले भेट गरी मन्त्री आचार्यको ध्यानाकर्षण गराउनु भएको हो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं