पोखरा पर्यटन व्यवसायीले मागे पाँच हजार मात्रा खोप

पोखरा पर्यटन व्यवसायीले मागे पाँच हजार मात्रा खोप

corona khop

गण्डकी, १३ साउन (रासस) ।पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।

परिषद्का अध्यक्ष भट्टराईले हाल पहिलो चरणमा होटल तथा रेष्टुराँसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताउनुभयो ।

पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा आवश्यक भए पनि तत्कालका लागि पाँच हजार मात्रा उपलब्ध गराउन माग गरिएको उहाँले बताउनुभयो । यसले पर्यटन बजारमा राम्रो सन्देश दिने उहाँको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसाय जीवन रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको भन्दै गर्दै उहाँले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकाले कर्जा तालिकालाई पुनःतालिकीकरण गर्न माग गर्नुभयो ।

मौद्रिक नीतिमा चालु आर्थिक वर्ष २०७८/०७९ मा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत ब्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन उहाँले अनुरोध गर्नुभयो ।

अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पहल गरिरहेको उल्लेख गर्दै व्यवसायीका मागप्रति प्रदेश सरकार गम्भीर भएको बताउनुभयो ।

कोरोनाबाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न सरकारले प्राथमिकता दिने उहाँले बताउनुभयो । कार्यक्रममा अग्रज पर्यटन व्यवसायी अग्नि कँडेल, वासु त्रिपाठी, टीकाराम सापकोटालगायतले यस वर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसँंग माग गर्नुभयो ।

पदमार्ग संरक्षण गर्न र पर्यटकीय गन्तव्यहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀