पोखरा, ५ साउन । हाम्रो पोखरा कास्की संस्थाले पोखराको चिप्लेढुङ्गामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोद बिन्दु शर्माले विषम परिस्थितिमा पनि खुल्ला रक्तदान कार्यक्रम गरेर संस्थाले मानवीय धर्म गरेको बताउनुभयो ।
त्यस अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्य, संस्थापक अध्यक्ष तिर्थराज अवस्ती, क्षेत्रीय रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, हाम्रो पोखरा कास्की संस्थाका सल्लाहकारहरु अमृत कुमार भट्टराई ,विरेन्द्र पराजुली ,जयन्ति न्यौपाने, पहिलो पाइला नेपाल पोखराका उपाध्यक्ष रञ्जित दनै, नेपाल स्वयंसेवी रक्तदाता समाजका सचिव पवन पाठकले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव सफल पौडेलले सञ्चालन गर्नुभएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं