८३ वस्तुको नाम सम्झेर अर्पणद्वारा स्मरण शक्तिमा विश्व कीर्तिमानको दाबी

८३ वस्तुको नाम सम्झेर अर्पणद्वारा स्मरण शक्तिमा विश्व कीर्तिमानको दाबी

arpan

झापा, ३ साउन (रासस) । झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान कायम गरेको दाबी गर्नुभएको छ ।

‘मेमोरी किङ’ उपनामले परिचित उहाँले विसं २०७२ मा एक मिनेटमा ४२ वटा वस्तु शुङ्खलाबद्ध स्मरण गरेर पहिलो पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनु भएको थियो ।

त्यसपछि नवल पञ्जियारले त्यही विधामा ५४ वटा वस्तुको स्मरण गरेर शर्माको कीर्तिमान उछिनेका थिए । अहिले शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वस्तुको स्मरण गर्नमा सफलता पाएको दाबी प्रस्तुत गर्नुभएको छ ।

आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले यही असार २६ गते नयाँ कीर्तिमान कायम गरेको बताउनुभयो ।

भद्रपुरको वीरेन्द्र नमूना माध्यमिक विद्यालयको सभाहलमा असार २६ गते नेपाल प्रहरीका निरीक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थिति रहेको औपचारिक कार्यक्रममा शर्माले एक मिनेटमा ८३ वटा वस्तुको स्मरणको प्रस्तुति गर्नुभएको थियो ।

सो कार्यक्रम प्रस्तुतिको भिडियोलाई प्रमाणको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइएको र छानबिनपछि गिनिजको बेलायतस्थित कार्यालयले प्रमाणित गर्ने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

मेची बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गर्नुभएको शर्मा ३२ वर्षको हुनुहुन्छ । गिनिज बुकमा नाम लेखाएपछि उहाँलाई नेपाल सरकारको युवा तथा खेलकूद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सलामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन् ।

विसं २०४६ माघ २३ गते पिता मोहनप्रसाद कट्टेल र माता खिना शर्माको सन्तानको रुपमा झापाको भद्रपुर नगरपालिका –८ मा उहाँको जन्म भएको थियो । सानैदेखि तीक्ष्ण दिमाग भएको उहाँ हाल मेडिटेसन तथा ब्रेन ट्रेनरको पेशामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
04 Jun · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 04 Jun 2025 00:30 UTC
Latest change: 03 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.95
Indian Rupee 
Indian Rupee
85.55
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.1
US Dollar 
US Dollar
1
04 Jun · FX SourceRastra 
Nepal Rastra bank
Check: 04 Jun 2025 00:30 UTC
Latest change: 03 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀