पोखरा, १ साउन । स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका प्रमुख मानबहाुदर जिसीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
‘काठमाडौंको न्युरो अस्पतालमा उपचाररत महानगर प्रमुख जिसीको पोखरा महानगरपालिका परिवार शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’, नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उहाँको उपचारमा सम्लग्न चिकित्सक, प्रत्यक्ष तथा परोक्ष स्वास्थ्य अवस्था बारे सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’
प्रमुख जिसीको अहिले काठमाडौंस्थित न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको नेपालीले उल्लेख गर्नुभएको छ । शुक्रबार बिहान करिब ४ बजे उहाँलाई असहज महसुस भएपछि तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पतालमा पु¥याइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मणिपाल शिक्षण अस्पपालमा उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले प्रमुखको शरीरको देब्रेतर्फ समस्या भएको विज्ञप्तिमा उल्लेख छ ।
महानगर प्रमुखलाई थप उपचारका लागि आज नै हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको नेपालीले बताउनुभयो ।
भर्खरै
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं