अवैध मोबाइल फोन नियन्त्रण गर्ने प्रणाली जडान

अवैध मोबाइल फोन नियन्त्रण गर्ने प्रणाली जडान

Dursanchar

काठमाडौँ, १ साउन (रासस) । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताउनुभएको थियो ।

बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो । लामो समयको तयारीपश्चात् आजदेखि उक्त प्रणाली जडान गरिएको हो ।

प्राधिकरणले मोबाइल सेटको आयात पूर्व अनिवार्यरुपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आइएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबालल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ ।

प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै एमडीएमएस सिष्टम लागू भए पनि हाल सञ्चालनमा रहेका मोबाइल फोन सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ ।

“पहिलो चरणमा व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आइएमइआई रजिष्ट्रेशन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ, उक्त प्रणालीलाई क्रमशः पूर्णरुपमा लागू गरी मोबाइलको आयात एवं प्रयोगलाई थप व्यवस्थित, भरपर्दाे र सुरक्षित बनाइनेछ”, सूचनामा भनिएको छ ।

एमडीएम प्रणालीले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने काम गर्छ । एमडीएमएसको सफ्टवेयर तथा हार्डवेयर राख्न प्राधिकरणले चाबहिलस्थित भवन निमार्ण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
11 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Aug 2025 00:35 UTC
Latest change: 10 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.8
US Dollar 
US Dollar
1
11 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Aug 2025 00:35 UTC
Latest change: 10 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀