पोखरा, ३१ असार । पोखरा महानगरपालिकामा कोभिड विरुद्धको खोप अभियान बुधबार सुरु भएको छ ।
खोप कार्यक्रमलाई पारदर्शी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रशान्त शर्मा, पत्रकार महासंघ कास्कीका पदम श्रेष्ठ अनुगमनमा सहभागी हुनुहुन्थ्यो ।
पोखरा महानगरपालिका वडा नं. ५, ६, ७ ८ र ९ मा अनुगमन गर्दा सम्पूर्ण वडामा चार सय डोज खोप उपलब्ध भएको वडामा कार्यरत कर्मचारीले जानकारी दिनुभयो ।
माग गरिए बमोजिम खोप उपलब्ध गराउँदा खोप बिग्रन सक्ने कारणले गर्दा निश्चित मात्रामा खोप उपलब्ध गराएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।
निश्चित तापक्रममा राखिएको खोप निकालि सकेपछि ३ घण्टा भित्र लगाइसक्नुपर्ने र खोप केन्द्रमा सुरक्षित राख्ने स्थान नभएकोले एकैचोटी धेरै खोप ल्याउन नमिलेको मन्त्रालयलको भनाइ छ ।
आवश्यकता अनुसार खोप केन्द्रलाई एक सय देखि दुई सय डोज खोप थप गरिएको छ । खोप लगाउन ठूलो संख्यामा भिड देखिएको छ ।
भेरोसिल र जोन्सन एण्ड जोन्सन खोप लगाउन भनिएका सम्पूर्ण व्यक्तिहरु एकै पटक आउनु र भोलिका दिनमा खोप पाउन कठिन हुन्छ कि भन्ने अविश्वासका कारण पनि भिड बढी भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
पौडेलले कास्कीमा निरन्तर खोप लगाइने भएकोले अतालिएर अनावश्यक भिडभाड नगर्न अनुरोध गर्नुभयो । खोप लगाउन आउँदा संक्रमित व्यक्तिहरु पनि आउन सक्ने सम्भावना प्रवल भएको हुँदा स्वास्थ्यको मापदण्ड प्रयोग गर्दै भौतिक दूरी कायम गरि अनावश्यक भिडभाड नगरि सुरक्षित तरिकाले खोप लगाउन आमअमुदायलाई उहाँले अनुरोध गर्नुभएको छ ।
५५ वर्ष र सो उमेर माथिका खोप लगाउन बाँकी सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई यसपटक खोप दिइने छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं