गण्डकी, २७ असार(रासस) । लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले ‘ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको’ घोषणा गर्नुभएको छ ।
पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कारको घोषणा गरिएको हो ।
लेखनाथ उद्योग वाणिज्य सङ्घको संयोजकत्वमा प्रत्येक वर्ष स्थापना दिवसमा प्रदान गर्ने गरी सङ्घको २५ औँ स्थापना दिवस तथा रजत वर्षको शुभारम्भ कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष कर्माचार्यले आफूले ७० वर्ष पार गरेको सन्दर्भमा पुरस्कारको घोषणा गर्नुभएको हो ।
यही २०७८ सालदेखि सञ्चालनमा आउने पुरस्कारको राशि रु ७५ हजार रहने उहाँले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको अधिकार प्राप्तिका पक्षमा लेख, रचना, श्रव्यदृश्य आदिद्वारा पु¥याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।
पुरस्कार छनौट समितिमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्षको संयोजकत्वमा सङ्घका पूर्वअध्यक्ष, केन्द्रिय सदस्य, सल्लाहकार मध्येबाट एक जना, नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष वा महासङ्घले तोकेको व्यक्ति, पूर्व सम्मानित प्रतिभा मध्येबाट एक जना र सङ्घको महासचिव पदेन सदस्य सचिव रहने व्यवस्था छ ।
पुरस्कार हरेक वर्ष असार २० गते सङ्घको स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं