पोखरा, २३ असार । नेपाली काँग्रेस कोभिड १९ सूचना समिति कास्कीले बुधबार दुई वटा स्वास्थ्य संस्थालाई सहयोग गरेको छ ।
समितिले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ स्थित नागडाँडा स्वास्थ्य चौकी र माछापुच्छ«े गाउँपालिका २ स्थित सार्दीखोला स्वास्थ्य चौकीलाई सहयोग गरेको हो ।
दुवै स्वास्थ्य संस्थालाई एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर मेशिन र स्वास्थ्य सामाग्री सहयोग गरेको हो । समितिका संयोजक दिवसमान प्रधानाङ्गले ति सामाग्री हस्तान्तरण गर्नुभएको थियो । यसअघि पनि समितिले स्वास्थ्यकर्मीका लागि पिपिई सहयोग गरेको थियो ।
कार्यक्रममा बोल्दै संयोजक प्रधानाङ्गले महामारीमा बेला सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समितिको तर्फबाट सहयोग जारी रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, सदस्य उमेशराज पराजुली, अन्नपूर्ण गाउँपालिका वडा नं २ का अध्यक्ष चुडामणि अधिकारी, नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका सचिव कृष्ण प्रसाद सुवेदी, वडा नं २ का सभापति लोकराज भण्डारी, माछापुच्छ«े गाउँपालिका वडा नं १ का अध्यक्ष वीरेन्द्र गुरुङ, २ का अध्यक्ष विक्रम गुरुङ, नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिका सभापति मधुसुदन अधिकारी, समितिका सदस्य महेश तिमिल्सिना र स्वास्थ्यकर्मी लक्ष्मी बयलकोटीले बोलेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं