पोखरा, २० असार । पोखरामा देखिएको रगत अभावलाई कम गर्न लेखनाथ सामुदायिक सेवा केन्द्रले राखेको खुल्ला रक्तदानमा एक सय ३३ युनिट रगत संकलन भएको छ ।
‘रक्तदान जीवनदान’ भन्ने महान उद्देश्यलाई आत्मसाथ गर्दै महिलादेखि युवाहरुको बाक्लो उपस्थितिमा केन्दले हालसम्मकै सबै भन्दा धेरै रगत संकलन गरेको सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछानेले बताउनुभयो ।
कार्यक्रमका पहिलो रक्तदाता २७ पटक रक्तदान गरिसकेका कार्यक्रम संयोजक सुरजजंग राणालाई ब्लड ब्याग हस्तान्तरण गर्दै इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकालले सहयोग गर्नेहरुलाई सबै तिरबाट सहयोग मिल्ने बताउनुभयो ।
त्यस अवसरमा डाँडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव उपरीक्षक महेन्द्र मरासैनी, वडा नं २७ का वडाअध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं ३३ का वडा अध्यक्ष शिव आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, सामुदायिक जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्की, शिशुवा हस्पिटलकी सुपरिटेण्डेण्ट प्रतिभा कोइराला र सेवा केन्द्रका सल्लाहकार टिकाराम पंगेनी, संस्थापक अध्यक्ष मोती गिरीले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एल.पी ढुंगाना र कार्यक्रम संचालन सचिव कृष्ण प्रसाद अधिकारीले गर्नुभएको थियो।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं