पोखरा, १८ असार । नेपाली काँग्रेस कास्कीमा क्रियाशील सदस्यको संख्या १९ हजार एक सय ४२ पुगेको छ ।
यसपटक १० हजार पाँच सय २० जनाले क्रियाशील सदस्यता नवीकरण र ८ हजार ६ सय २२ जनाले नयाँ सदस्यता लिएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार बसेको बैंठकले वडा, प्रदेश, क्षेत्र हुँदै जिल्लामा सिफारिस भएका क्रियाशील सदस्य अनुमोदन गरी केन्द्रमा पठाउने निर्णय गरेको प्रवक्ता सिग्देलको भनाइ छ । कास्कीमा क्रियाशील सदस्यताका बारेमा कुनै पनि उजुरी परेको थिएन ।
बैठकले सरकारले कालीगण्डकी डाइभर्सन सम्बन्धी गरेको निर्णय अव्यवहारिक भएको ठहर गर्दै खेद प्रकट गरेको छ ।
बढीपहिरोका कारण कास्की लगायतका क्षेत्रमा पुगेको जनधनको क्षतिप्रति दुःख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले काँग्रेस नेतृत्वमा गण्डकी प्रदेश सरकार बनेकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । त्यस्तै बैठकले काँग्रेस नेता रामजी कुँवरको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’ लाई पितृशोक परेकोमा र क्रियाशील सदस्य शुक्रराज तिमिल्सिनाको निधन भएकोमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्ति र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं