म्याग्दी, १७ असार (रासस) । जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला–१ प्ूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको पुष्टि गर्नुभयो । “उनीहरुलाई बेनी अस्पताल ल्याइपु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए”, उहाँले भन्नुभयो “छ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।” घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन् ।
अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ ।
दुर्घटना भएको ठाउँको साँघुरो सडकको घुम्ती र ग्रेड मिलेको छैन । जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । राति सवा आठ बजेतिर दुर्घटना भएको थियो ।
घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए । सिमलचौर–मिठौला–पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नं १ लाई जोड्ने वैकल्पिक सडक हो ।
कोरोना सङ्क्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मङ्गला–१ स्थित कुहुँलाई सिल गरिएको थियो । दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पूर्णगाउँतर्फ जाँदै थियो ।
दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताउनुभयो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं