कोरोना सङ्क्रमित हुने भन्दा परास्त गर्ने धेरै

कोरोना सङ्क्रमित हुने भन्दा परास्त गर्ने धेरै

corona 2

काठमाडौँ, १८ जेठ (रासस) । पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् भने सोही अवधिमा ६ हजार ८५ मा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ को पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा पिसिआर मार्फत ५ हजार २८५ र एन्टिजेन मार्फत ८०० सङ्क्रमित पुष्टि भएको हो ।

यस्तै हाल देशभर एक लाख ४ हजार ७८९ सक्रिय सङ्क्रमित छन । मन्त्रालयको अनुसार सोही अबधिमा देशभर ६८ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ४५४ पुगेको छ । हालसम्म सङक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ५४ हजार ३४४ छ ।

अनावश्यक टिप्पणी नगर्न आग्रह

मन्त्रालयले कोभिड–१९ को महामारीका सम्बन्धमा अनाधिकृत व्यक्तिले अनावश्यक बोल्न र टिप्पणी नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा कृृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायले आमसञ्चारमाध्यममा बोल्ने र टिप्पणी नगर्न आग्रह गर्नुभएको हो ।

यस्ता गतिबिधिले धेरैलाई द्विबिधा र भ्रमित बनाउने गरेकाले यस्तो कार्य नगर्न विज्ञप्तिमा भनिएको छ ।

“कोभिड–१९ का सम्बन्धमा समग्र जनस्वास्थ्यका बिषयमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय वाहेकले आधिकारिक जानकारी वा पुष्ट््याइ गर्ने कार्यलाई रोकिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरी पठाउने र सार्वजनिक रुपमा सवैलाई अनुरोध गर्ने ” सूचनामा उल्लेख छ ।

मन्त्रालयले अनाधिकृत सूचना तथा जानकारी प्रकाशन प्रसारण गर्न नगराउन अनुुरोध समेत गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀