काठमाडौँ, १८ जेठ (रासस) । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ ।
कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४.२५ मा निधन भएको हो ।
उहाँको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ।”
यसैगरी सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आज विज्ञप्ति जारी गरी थापाको १३ औँ दिनको स्मृतिमा वृक्षरोपण गर्न आग्रह गरिएको छ भने थापाले दिएको राजनीतिक योगदान र संस्कारबारे छलफल सञ्चालन गरिने उल्लेख गरिएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं