पोखरा, १६ असार । नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’ लाई पितृशोक परेको छ ।
उहाँका बुबा चन्द्रकान्त बास्तोलाको ९५ वर्षको उमेरमा बुधबार निधन भएको हो । बास्तोलाले आर्वाको रतन पाण्डे मावि, छोरेपाटन माविमा रहेर लामो समय शिक्षण सेवामा योगदान पु¥याउनु भएको थियो ।
पोखरा १२ फूलबारीस्थित शिवशक्ति माविमा दुई पटकसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको थियो । धार्मिक व्यत्तित्वका रुपमा समेत उहाँको पहिचान थियो ।
उहाँको पार्थिव शरीर पोखरा मणिपालस्थित सेती नदी किनार रिठाघाटमा अन्त्येष्टि गरिएको छ । शवयात्रामा आफन्त, परिवारजन र शुभेच्छुकको सहभागिता थियो ।
उहाँका तीन छोरा, दुई छोरी हुनुहुन्छ । छोरामध्य माधव बास्तोला माइला छोरा हुनुहुन्छ । जेठा गुरुप्रसाद बास्तोला र कान्छा छोरा रविप्रसाद बास्तोला नेपाली काँग्रेसका क्रियाशील सदस्य हुनुहुन्छ ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बुधबार नै शोक विज्ञप्ति प्रकाशित गरी क्षेत्रीय सभापति माधव बास्तोला ‘मधु’, क्रियाशील सदस्यहरु गुरुप्रसाद बास्तोला र रविप्रसाद बास्तोलालाई पितृशोक परेकोमा दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
यसैबीच, नेपाली काँग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हेम बहादुर प्रधानको निधनप्रति पार्टीले दुःख व्यक्त गरेको छ ।
विज्ञप्तिमा उहाँले प्रजातन्त्रको लागि र पार्टीको विकास विस्तारका लागि निर्वाह गरेको भूमिका सदैव स्मरणीय हुने उल्लेख छ ।
विज्ञप्तिमा उद्योग व्यवसायबाट रोजगारी सृजना गर्न र धार्मिक क्षेत्रमा समेत पहिचान बनाउन सफल प्रधानको निधनले स्तब्ध बनाएको उल्लेख छ ।
शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं