दमौली, १५ असार (रासस) । लगातारको वर्षापछि आएको पहिराले अवरुद्ध बनेको भिमाद–८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ ।
भिमाद–सिम्ले–भागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो ।
गत जेठ ३१ गते र असार १ गते आएको वर्षाका कारण उक्त सडकखण्डको कल्भुडा चिसापानी भन्ने स्थानमा पहिरो गएको थियो ।
सडक अवरुद्ध भएको स्थानमा स्काभेटर लगाएर पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको भिमाद–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि नै पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिए पनि निरन्तरको वर्षा तथा सम्भावित जोखिमका कारण एक्साभेटर मालिक तथा चालक त्यहाँ कार्य गर्न तयार नभएकाले ढिलाइ भएको उहाँले बताउनुभयो ।
भिमाद नगर प्रमुख मेखबहादुर थापा, नगरपालिकाका सल्लाहकार मनोज खनाल तथा भिमाद–२ का वडाध्यक्ष भवानीशङ्कर लम्सालसहित नगरपालिकाको प्राविधिक सम्मिलित टोलीले स्थलगतरूपमा पहिराको निरीक्षण गरेको थियो ।
अवरुद्ध सडक सञ्चालन नहुँदासम्म सो क्षेत्रमै बसेर कार्य निरीक्षण गर्नुभएका नगरप्रमुख थापाले तत्कालका लागि सडक सञ्चालन भए पनि बर्सातको समय रहेकाले पानी पर्दा पुनः पहिरो गई सडक अवरुद्ध हुने सम्भावना रहेको बताउनुभयो ।
उहाँले त्यसका लागि दीर्घकालीन योजना बनाउन प्राविधिकलाई निर्देशन दिनुभएको छ । सडक अवरुद्ध हुँदा भिमाद–८ का अतिरिक्त शुक्लागण्डकी नगरपालिकाका सर्वसाधारण मर्कामा परेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं