चितवन, १२ असार(रासस) । यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेको प्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ ।
सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाई यहाँको बिपी क्यान्सर अस्पताललाई त्यसको मातहतमा राख्ने निर्णयप्रति आपत्ति रहेको जनाइएको छ ।
आफ्नै स्वायत्त ऐन, पर्याप्त पूर्वाधार भएको देशकै पहिलो र जननिर्वाचित प्रधानमन्त्रीका नाममा रहेको अस्पताललाई राजनीतिक पूर्वाग्रह राखी सरकारले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
सरकारले गरेको उक्त निर्णय तत्काल सच्याउनसमेत आग्रह गरिएको छ । साथै विज्ञप्तिमा राष्ट्रियस्तरको क्यान्सर रोग अध्ययन प्रतिष्ठान यही अस्पताललाई बनाई यथावत् राख्न समेत काङ्ग्रेसले माग गरेको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं