कास्की आदर्श समाजद्वारा पोखराका स्वास्थ्य संस्थालाई सहयोग

कास्की आदर्श समाजद्वारा पोखराका स्वास्थ्य संस्थालाई सहयोग

matrisisu

पोखरा, ११ असार । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालले कास्कीका विभिन्न चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मातृशिशु मितेरी अस्पताल, लेखनाथ अस्पताल र तारकाङ्को आधारभूत स्वास्थ्य चौकीलाई करीब २४ लाख मुख्य बराबरको सामाग्री सहयोग गरिएको परिषद्का उपाध्यक्ष तिलकशाली सापाकोटाले जानकारी दिनुभयो ।

‘विदेशमा रहनु भएका कस्केलीहरुबाट सहयोग भएको हो, उपाध्यक्ष सापकोटाले भन्नुभयो, दुःख र समस्याका बेला सम्पूर्ण नेपाली एकजुट हुनुपर्छ।’

स्वास्थ्य संस्थामा प्यासेण्ट सिफटिङ् ट्रली, व्हिल चेयर, सक्सन मेसिन, पल्स अक्सिमिटर, अक्सिजन ट्रली, रेडियाण्ट बेबी वार्मर, बेड साइड लकर, मायो टेबललगायतका सामाग्री सहयोग गरिएको हो ।

यसअघि पनि कास्की आदर्श समाज दक्षिण कोरियाको पहलमा कास्कीका चार गाउँपालिका र पोखरा २१ का लागि स्वास्थ्य सुरक्षा सामाग्री र अक्सिजन सिलिण्डर सहयोग गरिएको थियो ।

शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश सरकारमा मन्त्री एवं प्रवक्ता कुमार खड्काले मातृशिशु मितेरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा उहाँले मातृभूमिका लागि सहयोग गर्नुपर्छ भन्ने भावना सबैका लागि अनुकरणीय भएको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपर्नु र उपेक्षित हुनु दुःखद् भएको उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले गण्डकी प्रदेशवासीका लागि खोपको व्यवस्था गर्न दुई अर्ब रकम व्यवस्था गरिएको र आवश्यक तयारी गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा मातृशिशु मितेरी अस्पतालका संस्थापक अध्यक्ष कृष्ण थापा, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवाल, पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, परिषद्का वरिष्ठ उपाध्यक्ष सुन्दर पौडेल, उपाध्यक्ष तिलकशाली सापकोटा र सचिव केदार कुँवरले बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀