काँग्रेसबाट निर्वाचित वडा अध्यक्षद्वारा महानगरपालिकालाई पाँच बुँदे र प्रदेश सरकारलाई तीन बुँदे सुझाव

काँग्रेसबाट निर्वाचित वडा अध्यक्षद्वारा महानगरपालिकालाई पाँच बुँदे र प्रदेश सरकारलाई तीन बुँदे सुझाव

1464510072_nepali_congress

पोखरा, २ असार । नेपाली काँग्रेसबाट पोखरा महानगरपालिकाका ११ वटा वडामा निर्वाचित वडा अध्यक्षहरुले महानगरपालिकालाई विभिन्न पाँच बुँदे सुझाव दिएका छन् ।

पोखरा महानगरपालिकाले बजेट अधिवेशनमार्फत् आर्थिक वर्ष २०७८÷०७९ को बजेट विनियोजनको तयारी गरिरहेका बेला नेपाली काँग्रेसबाट निर्वाचित वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का वडा अध्यक्षहरुले सुझाव दिनुभएको हो ।

वडा अध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति प्रकाशित गरी कोरोनाबाट प्रत्यक्ष प्रभावित पर्यटन, उद्योग, व्यापार, यातायात क्षेत्रलाई ५० प्रतिशत कर छुट दिन, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउन, निष्पक्ष रुपमा बजेट विनियोजन गर्न सुझाव दिनुभएको छ ।

लामो समयदेखि स्थानीय तहमा कार्यरत स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुको मनोवल उच्चो हुने गरी वृत्ति विकासका कार्यक्रम ल्याउन र निजामति सरह नै सेवा सुविधा प्रदान गरी एक तह बढुवा गर्न सुझाव दिइएको छ ।

त्यस्तै, स्वास्थ्य महाशाखाका कर्मचारीले कोरोनाको खोप दुरुपयोग गरेको भन्ने सुनिएकाले सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर्न सुझाव दिइएको छ ।

साथै गण्डकी प्रदेश सरकारलाई पनि तीन बुँदे सुझाव दिइएको छ । विज्ञप्तिमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखि बजेट विनियोजन तथा खोपको व्यवस्था गर्न, कोरोना प्रभावित क्षेत्रमा सम्वद्व सबै क्षेत्रका उद्योगी व्यवसायीलाई सम्वोधन हुने गरी करको दायरा बढाएर दर कम गर्न, पोखराको पृथ्वीचोक बसपार्क यसअघिको प्रदेश सरकार र पोखरा महानगरपालिकाले बनाउन कुनै पहल नगरेको हुँदा आवश्यक पहल गर्न प्रदेश सरकारलाई सुझाव दिइएको छ ।

विज्ञप्तिमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विपद् प्रतिकार्य योजना बनाउने र महिलाको स्तन, पाठेघरको मुख र पाठेघरको क्यान्सर उपचार निःशुल्क बनाउने प्रदेश सरकारको निर्णय प्रशंसनीय भएको भन्दै स्वागत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
10 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 10 Dec 2025 00:45 UTC
Latest change: 09 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.81
Indian Rupee 
Indian Rupee
89.84
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
156.15
US Dollar 
US Dollar
1
10 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 10 Dec 2025 00:45 UTC
Latest change: 09 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀