पोखरा, ३० जेठ । नेपाली काँग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले आइतबार गण्डकी प्रदेशका मुुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेटघाट गरेका छन् ।
कास्की काँग्रेसका सभापति कृष्ण केसी नेतृत्वको गएको टोलीले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरी केही सुझाव समेत दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
कास्की काँग्रेसका सभापति केसीले कोरोना महामारीका कारण जनता समस्यामा रहेकाले जनताका लागि अत्यावश्यक कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।
‘यतिबेला कोभिड विरुद्वको खोप पहिलो प्राथमिकता हो, उहाँले भन्नुभयो– गण्डकी प्रदेशका नागरिकलाई खोप दिन सक्ने गरी बजेट व्यवस्था गर्न आवश्यक छ ।’
सभापति केसीले कोरोनाबाट प्रभावित व्यवसायी, शिक्षक, मजुदर लगायतका क्षेत्रलाई राहत हुने गरी कार्यक्रम ल्याउन पनि अनुरोध गर्नुभयो ।
सभापति केसीसहित उपसभापति आइ बहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल, क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’ र क्षेत्र नं ३ का सभापति पोषनाथ शर्माको टोली पुगेर मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरेको थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं