कस्केलीका लागि तत्काल खोप व्यवस्था गर्न कास्कीका पाँच दलको माग

कस्केलीका लागि तत्काल खोप व्यवस्था गर्न कास्कीका पाँच दलको माग

Khop bottle

पोखरा, २७ जेठ । कास्कीका क्रियाशील पाँच राजनीतिक दलले तत्काल कस्केली जनताका लागि आवश्यक खोप व्यवस्था गर्न माग गरेका छन् ।
कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा कस्केली जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने गरी खोपको व्यवस्था गर्न माग गरिएको हो ।

नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, नेकपा(एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जसपा कास्कीका अध्यक्ष गिरि प्रसाद गुरुङ र राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गरी त्यस्तो माग गर्नुभएको हो ।

‘यतिबेला मुलुकमा कोरोना संक्रमणको महामारी छ, कोरोना संक्रमणसँगै सबै गतिविधि ठप्प छन्, आमनागरिकका लागि कोभिड विरुद्वको खोप पहिलो आवश्यकता हो विज्ञप्तिमा भनिएको छ – आमनागरिकको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता बनेको छ ।’

कोरोनाबाट लाखौ जनता संक्रमित र हजारौ जनाको मृत्यु भैसकेको डरलाग्दो अवस्थामा मुलुक पुग्दा सरकार भने यसबारे बेखबर जस्तै बनेर सत्ता जोगाउन र मुलुकको ढुकुटी रित्याउनमा मात्रै तल्लिन रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्रदेश सरकार र स्थानीय सरकार कास्कीमा नागरिकको अपेक्षा अनुसार खोप भित्र्याउन असफल भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

शिक्षकलगायत विभिन्न पेशा, व्यवसायमा आवद्व रहेका नागरिकलाई खोपको प्राथमिकता राख्न र दोस्रो मात्राको खोप लगाउन नपाएका नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

साथै विज्ञप्तिमा पछिल्लो समय पोखरा १३ स्थित काँहुखोलाबाट पोखरा १३ का वडा अध्यक्षको समेत संलग्नतामा कानून विपरीत बालुवा, गिटी उत्खनन् भए बारे समाचार सार्वजनिक भएकाले त्यसबारे तत्काल छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
10 Dec · Rastra · USD/EUR
go to site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Buy Xanax Online Without Prescription Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.81
Indian Rupee 
Indian Rupee
89.84
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
156.15
US Dollar 
US Dollar
1
10 Dec · FX SourceRastra 
http://www.drsalvatoretaglialatela.org/otoplastica/ Nepal Rastra bank
get link Check: 10 Dec 2025 00:45 UTC
Buy Ambien Online Without Prescription Latest change: 09 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀