पोखरा, १९ जेठ । कास्की काँग्रेसले संचालन गर्ने ‘वीपी विपत् कोष’ को व्यवस्थापन तथा संचालनका लागि जिल्ला सभापति कृष्ण केसीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।
बुधबारको बैंठकको निर्णय अनुसार, समितिको सदस्यमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदीप मोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल रहनु भएको छ ।
समितिको सदस्यमा क्षेत्र नं १ सभापति बृजमान गुरुङ, क्षेत्र नं २ सभापति माधव बास्तोलॉ ‘मधु’, क्षेत्र नं ३ का सभापति पोषनाथ शर्मा र पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ रहनु भएको छ ।
पार्टीले कोष निर्माण गर्ने निर्णय गरेसँगै कोषको व्यवस्थापन तथा संचालनका लागि समिति गठन गरिएको प्रवक्ता सिग्देलले बताउनुभयो ।
पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने छ ।
कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, समर्थक गरी २५ हजार बढी परिचालित हुने छन् ।
कास्की काँग्रेसका सभापति केसीले क्षेत्र, प्रदेश, गाउँपालिका, वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहनु भएका सबैलाई कोष निर्माणका लागि जुट्न आव्हान गर्नुभएको छ ।
अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई सहयोग गर्ने उद्देश्यले कोष निर्माण गर्न लागिएको हो ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं