तनहुँ, ८ जेठ (रासस) । तनहुँ उद्योग वाणिज्य सङ्घको सक्रियतामा स्थापना गरिएको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ सङ्कलन भएको छ ।
कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि सङ्घले स्वास्थ्य सामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो ।
यसअघि रु.आठ लाख ४२ हजार ७३७ सङ्कलन भएकोमा शुक्रबार मात्रै रु.५५ हजार नौ सय ९० थपिएको सङ्घका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सङ्घले थालेको अभियानमा व्यापारी, विभिन्न संस्था, देश विदेशमा रहनुभएका नेपालीले खुलेर सहयोग गरेका कारण काम गर्न हौसला मिलेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पूर्वमन्त्री भण्डारीद्धारा आर्थिक सहयोग
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्य सामाग्री खरिदका लागि रु. एक लाख एक हजार एघार रुपैयाँ सहयोग गर्नुभएको छ ।
नेता भण्डारीले पठाउनुभएको उक्त रकम कांग्रेस व्यासनगर कार्य समितिका सहसचिव डम्बर अधिकारीले शुक्रबार जिल्ला सचिव विश्व बास्तोला र सहसचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
उक्त रकमबाट स्वास्थ्य सामाग्री खरिद गरी जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन कक्षहरुमा सामाग्री हस्तान्तरण गर्न पूर्वमन्त्री भण्डारीले आग्रह गर्नुभएको छ ।
त्यसैगरी सांसद कृष्णकुमार श्रेष्ठ किसानले जिल्लाको बन्दिपुर स्थित बन्दिपुर अस्पताल, भानु स्थित पुरनडिही अस्पताल, दमौली स्थित दमौली अस्पताल र शुक्लागण्डकी स्थित जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
भर्खरै
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं