वालिङ, ८ जेठ (रासस) । यहाँका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बिरामी खोज्दै दैनिक गाउँगाउँमा जाने गरेका छन् ।
विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् ।
वालिङमा कोरोनाको सङ्क्रमण दर उच्च रहेको र गाउँगाउँका नागरिकमा अझ बढी समस्या देखिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“गाउँगाउँमा सङ्क्रमण दर झनै उच्च छ, कोरोनाका लक्षणसँग मिल्ने बिरामी धेरै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “गाउँगाउँबाट लौ यस्तो समस्या देखियो, बिरामी धेरै हुनुहुन्छ भनेर फोन आउँछ अनि जनप्रतिनिधिसहितको स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पुग्छौँ ।”
गाउँमा पुगेर आवश्यकता हेरी एन्टिजेन परीक्षण गर्ने, ज्वरो नाप्ने, अक्सिजनको मात्रा नाप्ने, आवश्यक पर्ने औषधि दिनुका साथै उहाँहरुलाई परामर्श दिने गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले नगरका १४ वटै वडामा रहेका आफ्ना नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या हुँदा जुनसुकै बेला अस्पतालसम्म ल्याउनका लागि ‘हाइअलर्ट’मा एम्बुलेन्स र अन्य जीप तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो ।
“गाउँगाउँमा रहेका नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या देखिनासाथै जतिबेला पनि फोन गर्नुहोला भनेर अत्यावश्यक नम्बर दिएर छाडेका छौँं”, उहाँले भन्नुभयो, “राति १÷२ बजे पनि फोन आउँछ, लौ यो ठाउँमा फलानालाई श्वासप्रश्वासमा समस्या देखियो गाडी एम्बुलेन्स पठाइदिनुप¥यो ।”
समस्या भएका बिरामीलाई रातदिन नभनी वालिङस्थित गह«ौँ प्राथमिक अस्पतालमा ल्याएर उपचार गर्ने गरिएको छ । नगरपालिकाले गाउँमा स्वास्थ्य परीक्षण तथा औषधि वितरणका लागि दुईवटा टोली गठन गरेर सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।
नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाका अध्यक्ष तथा सदस्य जनप्रतिनिधि गाउँगाउँमै सँगै जाँदा स्वास्थ्यकर्मी तथा बिरामीको हौसला बढ्ने गरेको प्रमुख पाण्डेले अनुभव सुनाउनुभयो ।
“गाउँगाउँमा बिरामी हुनुहुन्छ कतिपयले डर, त्रासका कारण आफूमा भएको समस्या लुकाएर राख्ने गर्नाले अर्को समस्या थपिएको छ”, पाण्डेले भन्नुभयो, “रोग नलुकाई समयमै सम्पर्क गर्ने, औषधि खाने हो भने बिरामीको ज्यान बचाउन पनि सकिने र अरुलाई सर्ने क्रम पनि घट्ने थियो ।” स्याङ्जा जिल्लाका एघार पालिकामध्ये हालसम्म वालिङमा सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं