पोखरा, ६ जेठ । पोखरा महानगरपालिका र बेलायतको बार्नेट बरो नगरबीच भगिनी सम्वन्ध गाँसिएको छ ।
भगिनी सम्वन्धमा बार्नेटकी मेयर डा. क्यारोलिन स्टक र बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा लन्डन बरो अफ बार्नेटकी मेयर डा. क्यारोलिन स्टकले बेलायत र नेपालबीच ऐतिहासिक सम्वन्ध रहेको बताउँदै दुई नगरबीच भगिनी सम्वन्ध हुँदा यो सम्वन्ध जनस्तरमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पोखरा महानगरपालिकासँग भगिनी सम्वन्ध कायम गर्न पहल गरेकोमा उपमेयर लक्ष्य गुरुङको प्रशंसा गनुभयो ।
कार्यक्रममा बोल्दै लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङले सन् २००५ मा बार्नेटमा बसोबास गर्न आउँदादेखि नै दुई शहरबीच सम्वन्ध स्थापित गर्ने चाहाना अहिले पूरा हुँदा अत्यन्तै खुसी लागेको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दुई नगरबीच भगिनी सम्वन्ध स्थापित हुँदा सामाजिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पोखरेली मञ्च यूकेका मानप्रसाद गुरुङ, बार्नेटबाट मार्टिन रासेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, बार्नेट ओक नेपाली समाजका अध्यक्ष विष्णु गुरुङ, तमुधिं लण्डन इकाइ पूर्व अध्यक्ष डेविड गुरुङ, उपाध्यक्ष भरत गुरुङ, दिलमाया गुरुङलगायतको उपस्थिति थियो।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं