पोखरा, ६ वैशाख । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले छलफल शुरु गरेको छ ।
कास्कीका ६ वटै प्रदेश सभाका नेता तथा कार्यकर्तासँगै छलफल गरी विपत्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा निर्णय गरिने कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।
अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनेर कास्की काँग्रेस गम्भीर रुपमा छलफलमा जुटेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताउनुभयो ।
कास्की काँग्रेसले बिहीबार नेपाली काँग्रेस क्षेत्र नं १(क) कास्कीबाट छलफल शुरु गरेको छ । ‘ कास्की काँग्रेसका सभापति कृष्ण के.सीको पहलमा छलफल शुरु भएको छ, कास्की काँग्रेसका प्रवक्ता सिग्देलले भन्नुभयो, छलफलबाट प्राप्त सुझावका आधारमा जिल्ला कार्यसमितिको बैंठकले आवश्यक निर्णय गर्ने छ ।’
छलफलमा नेपाली काँग्रेका पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन परियार, पूर्व मन्त्री यज्ञ बहादुर थापाले जिम्मेबार पार्टी जनतालाई समस्या पर्दा सहयोगमा जुट्नुपर्ने भन्दै कास्की काँग्रेसले कोरोना महामारीको समयमा प्रशंसनीय कार्य गर्दै आएको बताउनुभयो ।
यस अघि वैशाख २६ गतेको जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमित विरामीको सहजताका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जेठ १ गतेदेखि एम्बुलेन्सले सेवा दिइरहेको छ ।
एम्बुलेन्स सेवाका लागि कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र मूख्य कार्यालय सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं